दफा ३
लाइसेन्स नलिई रेडियो यन्त्र राख्न, बनाउन र प्रयोग गर्न नपाउने
दफा ४ मा अन्यथा लेखिएदेखि बाहेक कुनै व्यक्तिले यो ऐन बमोजिम लाइसेन्स नलिई रेडियो यन्त्र राख्न, बनाउन वा प्रयोग गर्न हुँदैन ।
तर दूरसञ्चार ऐन, २०५३ बमोजिम दूरसञ्चार सेवा सन्चालन गर्न अनुपतिपत्र प्राप्त व्यक्ति वा त्यस्तो व्यक्ति मार्फत दूरसन्चार सेवा उपयोग गर्ने ग्राहकले दूरसन्चार सेवा सम्बन्धी रेडियो यन्त्र राख्न, बनाउन वा प्रयोग गर्नको लागि यस ऐन बमोजिम लाइसेन्स लिनु पर्ने छैन ।